कोरोना परीक्षण गर्दा व्यक्तिको हाल बसोबास गरिरहेको ठेगाना अनिवार्य उल्लेख गर्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा अनिवार्य सो व्यक्तिको हाल बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।
यसो नगरेको पाइएमा र सो विषयमा कुनै समस्या परेर उजुरी परेमा कारवाही समेत गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिड- १९ परीक्षणका लागि व्यक्तिहरुको नमूना संकलन गर्ने क्रममा विभिन्न निकायहरुले आ -आफनो तरिकाले व्यक्तिहरुको ठेगाना लेख्ने कारणले सम्बन्धित व्यक्तिको पहिचान तथा खोजी अनुसन्धान गर्न कठिनाई भएको भन्दै मन्त्रालयले अनिवार्य रुपमा अहिले बसोबास गरिरहेको स्थान र सम्पर्क नम्बर उल्लेख गर्न आग्रह गरेको हो ।
कतिपय प्रयोगशालामा स्थायी ठेगाना उल्लेख गरेका कारण व्यक्ति बसोबास गर्ने एकातिर र ठेगाना एकातिर भएका कारण कन्ट्याक्ट ट्रेसिङमा समस्या पर्दै आएको देखिन्छ । त्यसैले पनि मन्त्रालयले सबै प्रयोगशालामा एक रुपता ल्याइ नमुना संकलन गर्ने क्रममा नै उनीहरुको तुरुन्त कन्ट्याक्ट गर्न सकिने ठेगाना उल्लेख गर्न सूचना जारी गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण