२४ घण्टामा ६१३५ जनाको पीसीआर परीक्षण, ७०८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा थप ७०८ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५१ हजार ३१२ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ४० पुगेको छ ।
हाल देशभर ६ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण