Health TV Online
Health TV Online
Health TV Online

भारतमा पनि भेटियो कोरोना भाइरसको नयाँ संक्रमण

बेलायतबाट आएका ११४ जनामा संक्रमण देखिएकोमा ६ जनामा नयाँ भाइरस फेला

भारतमा पनि भेटियो कोरोना भाइरसको नयाँ संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट भारत आएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ३ जनाको बेंग्लोरको प्रयोगशालामा २ जनाको हैदराबादको प्रयोगशालामा र एक जनाको पूणेको प्रयोगशालमा परीक्षण गरिएको थियो । यसरी छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा नयाँ प्रकारको भाइरस भेटिएको जनाइएको छ ।

२५ नोभेम्बरदेखि २३ डिसेम्बर सम्म बेलायतबाट ३३ हजार जना भारत भित्रिएको र उनीहरुमध्ये ११४ जनामा कोेरोना पोजेटिभ पाइएको मन्त्रालयका अधिकारीहरुले विभिन्न सञ्चारमाध्यमलाई जनाएका छन्। उनीहरुमध्ये ६ जनामा भने नयाँ प्रकारको भाइरस फेला परेको हो । उनीहरुको विभिन्न ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । उनीहरुलाई अहिले संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएपछि भारत सरकारले २३ डिसेम्बरदेखि बेलायतबाट आउने सबै उडान बन्द गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार