Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ६४२७ सक्रिय संक्रमित, ९६.८ प्रतिशत निको भए

देशभर ६४२७ सक्रिय संक्रमित, ९६.८ प्रतिशत निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ६ हजार ४२७ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ५८हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९६ . ८ प्रतिशत संक्रमित निको भइसकेका छन्। त्यसैले हाल २ दशमलब ४८ प्रतिशत संक्रमित मात्र सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये २ लाख ५० हजार ५८१ जना निको भएर घर फर्केका छन्। अन्य देशको तुलनामा नेपालमा संक्रमितमध्येबाट निको हुने दर राम्रो मानिएको छ । नेपालमा संक्रमण भएकाहरुबाट मृत्यु हुने दर जम्मा शुन्य दशमलब ७१ प्रतिशत रहेको छ ।

पछिल्लो समय संक्रमितको संख्या पनि घटिरहेको मन्त्रालयले जनाएको छ । सोमबार ५ हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ६५९ जनामा कोरोना पुष्टि भएको थियो । नयाँ संक्रमितको संख्या कम हुँदै गएपछि सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १८ सय ३२ जनाको मृत्यु भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार