बेलायतबाट आएका ५ जनामा कोरोना देखियो, इपिडिमियोलोजीले भन्यो- ‘नयाँ भाइरस भन्ने पुष्टि भएको छैन्’
हेल्थ टिभी अनलाइन \काठमाडौं : बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘बेलायतबाट आएका र हाम्रो सम्पर्कमा भएका १९३ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।’ लक्षण सहित आएका उनीहरुमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । त्यसैले उनीहरु पुरानै भाइरसको संक्रमणमा परेको देखिन्छ ।’
उनले नयाँ भाइरसको संक्रमण भएका बिरामीमा लक्षण हुँदा पनि कोरोना नेगेटिभ आएमा मात्र शंका गरेर परीक्षण गर्ने हो । उहाँहरुमा त स्पष्ट लक्षण छ र हाम्रो मेशिनले पोजेटिभ देखाएको छ । कसरी नयाँ प्रकारको भाइरस हुन्छ उनले प्रश्न गरे । डा पाण्डेले नयाँ भाइरस हो होइन परीक्षण गर्न जिन सिक्वेन्सिङ गर्नपर्ने र त्यसका लागि बाहिर नै पठाउनुपर्ने बताए ।
यही बेला केही मिडियाले नयाँ भाइरस भेटियो भनेर लेखेको भन्दै यसरी कुरै नबुझी त्रास नफैलाउन समेत उनले आग्रह गरे । नयाँ पुरानो भन्ने थप परीक्षण नगरी थाहा नहुने समेत उनले जिकीर गरे । त्यसैले हल्लाको पछि लागेर नआत्तिन पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिरहेकाले नेपालले त्यहाँबाट आउनेको अनिवार्य पीसीआर परीक्षण गर्न र १० दिन होटल क्वारेन्टाइनमा बस्न सूचना जारी गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण