थप ६५९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
काठमाडौं उपत्यकामा थपिए २७८ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३८ पीसीआर परीक्षण गर्दा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । यी मध्ये हालसम्म २ लाख ५० हजार ५८१ जना संक्रमित निको भइसकेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको छ ।
हाल देशभर ६हजार ४४५ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकामा आज थप २७८ जना थपिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण