नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘आर्थिक अनुशासन मेरो पहिलो प्राथमिकता’
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले आफनो पहिलो प्राथमिकता आर्थिक अनुशासन भएको बताएका छन्।
आइतबार मन्त्रालयमा पदबहाली गरे लगत्तै राखिएको स्वागत कार्यक्रममा उनले आफूले आर्थिक अनुशासनलाई जहिले पनि प्राथमिकतमा राख्ने गरेको र सो को अपेक्षा सबैबाट गरेको बताए । उनले जुन संस्थामा वित्तिय अनुशासन हुँदैन त्यसलाई कुनै हालतमा पनि क्षमा नहुने जिकीर गरे ।
नवनियुक्त मन्त्री त्रिपाठीले आफूले स्वास्थ्यलाई नजिकबाट नियालिरहेको र यहाँ भएका धेरै समस्यासँग अवगत भएको भन्दै केही कृतिम समस्याहरुका बारेमा आफूले सुनेको बताए । त्यस्ता समस्या आफै समाधान गर्न र एक अर्काको अस्तित्व स्विकार गरेर अघि बढ्न उनले निर्देशन समेत दिए ।
मन्त्री त्रिपाठीले कार्यक्रममा जसको जे काम हो त्यही गर्ने र अर्काको काममा हस्तेक्षेप नगर्ने प्रवृत्ति बसेमा त्यसले सबैलाई सजिलो हुने भन्दै आफनो सचिवालयलाई पनि कसैको हस्तक्षेप स्विकार नहुने जनाएका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित