स्वास्थ्यमन्त्री त्रिपाठीले गरे पदबहाली
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले आज पदबहाली गरेका छन्।
उनले आज २ बजे मन्त्रालय पुगेर पदबहाली गरेका हुन्। पदबहाली गर्दै मन्त्री त्रिपाठीले २६२ वटा बाँकी रहका स्थानीय तहमा आगामी वर्ष आधारभुत अस्पताल निर्माण गर्ने पहिलो निर्णय गरेका छन्। सरकारले यसअघि नै ३९६ स्थानीय तहमा एकैपटक ५, १० र १५ बेड सम्मको अस्पताल निमाण गर्ने काम शुरु गरिसकेको छ ।
यसअघि सामान्य प्रशासन मन्त्रालयमा रहेका मन्त्री त्रिपाठीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा पठाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा पठाएका हुन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’