सप्तरीमा ‘फ्लु’ ले तीन बालबालिकाकाे मृत्यु
सप्तरी : कञ्चनरुप नगरपालिकामा हङकङ फ्लु (ए एच–३) र स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमणले तीन बालबालिकाको मृत्यु भएको छ।
अन्य बालबालिका पनि धमाधम बिरामी पर्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पठाएको विशेषज्ञसहितको टोलीले रोग फैलिएको पत्ता लगाएको हो।
महाशाखाअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश साहको नेतृत्वमा सप्तरी आएको विशेषज्ञसहितको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार १२२ जनाको उपचार गरेको थियो । तीमध्ये शंकास्पद १६ जनाको रगत जाँचका लागि काठमाडौंस्थित प्रयोगशालामा पठाइएकोमा ११ जना संक्रमित भेटिएको डा. साहले जानकारी दिए।
शिविरमा स्वास्थ्योपचार क्रममा शंकास्पद देखिएका हनुमाननगरका ६ र कञ्चनरूपका १० जनाको रगत विशेष जाँचका लागि पठाएका उनले बताए। तीमध्ये हनुमाननगरका पाँच तथा कञ्चनपरूपका पाँच जनामा हङकङ फ्लु (एरएच–३) र कञ्चनपुरका एकजनामा स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमण भेटिएको उनकाे भनाइ छ।
कडा संक्रमण भएकाले समयमै उपचार नपाउँदा मृत्युसमेत हुनसक्ने खतरा रहेको उनले बताए।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’