माइतीघरमा स्वास्थ्यकर्मीहरुको धर्ना कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यका विभिन्न ट्रेड यूनियन तथा पेशागत संघ संस्थाहरुले आफना माग पूरा नभएको भन्दै धर्ना दिने भएका छन्। उनीहरुले आज ११ बजेदेखि १२: ३० सम्म डेड घण्टा स्वास्थ्य मन्त्रालय नजिकै रहेको माइतीघरमा धर्ना दिने भएका हुन्।
स्वास्थ्यका संगठनहरुले कोरोना महामारीका बेला सेवामा खटिएका स्वास्थ्कर्मीको सुरक्षा, जोखिम भत्ता प्रदान गर्नुपर्ने लगायतका १८ बुँदै माग राखेर यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका थिए । २१ दिने अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएका उनीहरुले पुन एक साता समय थप गरेका भए पनि मन्त्रालयबाट कुनै सुनुवाई नभएपछि आन्दोलनका कार्यक्रम तय गरेका हुन्। यही बेला उनीहरुलाई जसलाई ज्ञापन पत्र बुझाएका थिए । उनी भने स्वास्थ्यबाट सरुवा भएर पर्यटन मन्त्रालय गइसकेका छन्।
आजै मात्र स्वास्थ्यका नयाँ मन्त्रीका रुपमा ह्दयेश त्रिपाठीले पदबहाली गर्दैछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित