काठमाडौं उपत्यकामा २६७ सहित देशभर थप ५ सय संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौ : नेपालमा शनिबार थप ५ सय नयाँ संक्रमित थपिएका छन्। यी मध्ये २६७ जना काठमाडौै उपत्यकाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । उता हालसम्म २ लाख ४९ हजार १३२ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर जम्मा ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय १९ पुगेको छ ।
आज देशभरका प्रयोगशालाबाट ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिले देशभर ६ हजार ७४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त