काठमाडौं उपत्यकामा २६७ सहित देशभर थप ५ सय संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौ : नेपालमा शनिबार थप ५ सय नयाँ संक्रमित थपिएका छन्। यी मध्ये २६७ जना काठमाडौै उपत्यकाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । उता हालसम्म २ लाख ४९ हजार १३२ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर जम्मा ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १८ सय १९ पुगेको छ ।
आज देशभरका प्रयोगशालाबाट ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिले देशभर ६ हजार ७४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण