देशभरका सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा
काठमाडौं उपत्यकामा ३ हजार ८७१ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका सक्रिय कोरोना संक्रमितमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन्।
हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये आधा भन्दा बढी अर्थात ३ हजार ८७१ जना संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोनाबाट हुने मृत्यु पनि उपत्यकामा बढी रहेको छ । हाल काठमाडौंमा ३ हजार १५३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यसैगरी भक्तपुरमा २२७ जना र ललितपुरमा ४९१ जना रहेको मन्त्रालयले जनाएको छ ।
बिहिबारसम्मको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । यी मध्ये २ लाख ४७ हजार ४सय जना निको भइसकेका छन्। उता हालसम्म १८ सय ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ