देशभरका सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा
काठमाडौं उपत्यकामा ३ हजार ८७१ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका सक्रिय कोरोना संक्रमितमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन्।
हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये आधा भन्दा बढी अर्थात ३ हजार ८७१ जना संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोनाबाट हुने मृत्यु पनि उपत्यकामा बढी रहेको छ । हाल काठमाडौंमा ३ हजार १५३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यसैगरी भक्तपुरमा २२७ जना र ललितपुरमा ४९१ जना रहेको मन्त्रालयले जनाएको छ ।
बिहिबारसम्मको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । यी मध्ये २ लाख ४७ हजार ४सय जना निको भइसकेका छन्। उता हालसम्म १८ सय ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण