२४ घण्टामा ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या १८ सय ८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ ।
आज ५ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर शुन्य दशमलब ७० प्रतिशत रहेको छ भने निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको छ ।
आज देशभर ५ हजार ५१० पीसीआर परीक्षण गर्दा जम्मा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको मन्त्रालयले जनाएको छ ।
यीमध्ये हाल देशभर ७ हजार ३८४ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ