२४ घण्टामा ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या १८ सय ८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ ।
आज ५ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर शुन्य दशमलब ७० प्रतिशत रहेको छ भने निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको छ ।
आज देशभर ५ हजार ५१० पीसीआर परीक्षण गर्दा जम्मा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको मन्त्रालयले जनाएको छ ।
यीमध्ये हाल देशभर ७ हजार ३८४ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित