थप ६१३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । यी मध्ये हालसम्म २ लाख ४७ हजार ४ सय जना संक्रमणमुक्त भइसकेका छन्।
उता पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ । यसैगरी ४ सय जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र