पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै थप २ जनाको मृत्यु भएको जनाएको हो । यसरी मृत्यु हुनेहरुमा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका १ का ७४ वर्षीया महिला रहेका छन्।
तनहुँका संक्रमित पुरुषमा पुस ८ गते कोरोना पुष्टि भएको र सोही राती आर्थात हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यसैगरी स्याङ्जाकी महिलाको पनि हिजो राती नै सोही अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९० पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण