Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै थप २ जनाको मृत्यु भएको जनाएको हो । यसरी मृत्यु हुनेहरुमा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका १ का ७४ वर्षीया महिला रहेका छन्।

तनहुँका संक्रमित पुरुषमा पुस ८ गते कोरोना पुष्टि भएको र सोही राती आर्थात हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यसैगरी स्याङ्जाकी महिलाको पनि हिजो राती नै सोही अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै