१० महिनादेखि अवरुद्ध भएको टिचिङको मिर्गौला प्रत्यारोपण सेवा शुरु हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कोरोना महामारीका कारण अवरुद्ध भएको मिर्गौला प्रत्यारोपण सेवा अब भने शुरु हुने भएको छ । कोरोना महामारीका बेला मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिममा पर्ने भन्दै चैत यता बन्द भएको मिर्गौला प्रत्यारोपण सेवा अब भने शुरु हुने भएको छ ।
अस्पतालकी नेफ्रोलोजी विभागकी प्रमुख प्रा डा दिव्या सिंह शाहले मिर्गौला प्रत्यारोपण सेवा यही जनवरीको पहिलो सातादेखि शुरु गर्ने गरी तयारी भएको बताइन्। उनले भनिन, ‘हुन त हामीले यसअघि नै प्रत्यारोपण शुरु गर्न खाजेका थियौं तर यहाँ कोरोना विशेष अस्पताल बनाइएकाले पनि धेरै रिस्क लिन चाहेनौं । अब भने संक्रमितको संख्या घट्दै गएकाले यो सेवा शुरु गर्न लागेका हौं ।’
उनले थपिन, यो सेवा अवरुद्ध नभएको भए अहिलेसम्म ८० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको हुने थियो । के गर्नु महामारीका बेला बिरामीलाई रिस्कमा राख्न पनि भएन ।
त्यसो त भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुई महिना अघि नै प्रत्यारोपण शुरु गरिसकेको छ भने निजी क्षेत्रको ग्रान्डी अस्पतालमा पनि यो सेवा शुरु भइसकेको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र पालो कुरेर बसेका सयौं बिरामीहरुलाई यो सेवा अवरुद्ध हुँदा निकै सकस झेल्नु परिरहेको थियो । मिर्गौला फेल भइसकेको अवस्थामा बिरामीसँग २ वटा मात्र विकल्प रहने गर्छ । की प्रत्यारोपण र अर्को नियमित डायलाइसिस ।
अहिले सेवा अवरुद्ध भएर पालो पर्खेर बसेकाहरु पनि यो १० महिनाको समयमा डायलाइसिस गरिरहेका थिए । शिक्षण अस्पतालमा सातामा २ जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ