थप ७४३ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । यी मध्ये २ लाख ४६ हजार ६६१ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३ पुगेको छ ।
उता आज मात्रै ९५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर ७ हजार ५१५ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ