स्वास्थ्यका ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले देशभर आन्दोलन गर्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले आफूहरुले राखेका माग पुरा नभएको भन्दै देशभर आन्दोलन गर्ने भएका छन्।
विभिन्न संघ संगठनहरुको संयुक्त संघर्ष समितिले माग पूरा गर्न सरकारलाई दिएको थप समय पनि सकिंदा पनि कुनै वास्ता नै नगरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ ।
समितिले मंसिर ७ गते माग पूरा गर्नका लागि २१ दिनको अल्टिमेटम दिएको थियो। त्यसपश्चात पनि थप ७ दिनका लागि समयावधि थप गरिएको थियो। तर यता सरकारले भने यस विषयमा कुनै चासो नै दिएको छैन्। जसका कारण आफूहरु आन्दोलनमा जानुको विकल्प नभएको समितिको भनाई छ ।
आज बसेको समितिको बैठकले पहिलो चरणमा २ बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। समितिले शुरुमा देशभरका सम्पुर्ण स्वास्थ्यकर्मीलाई विभिन्न रचनात्मक कार्यक्रम गर्नको लागि अनुरोध गरेको छ।त्यसैगरी दोस्रोमा पुस १२ गते स्वास्थ्य मन्त्रालयको अगाडी प्ले कार्ड सहित मौन धर्नाको कार्यक्रम राखेको छ। त्यसपछि पनि माग सम्बोधन नभए देशैभर आन्दोलन चर्काउने समितिले चेतावनी दिएको छ ।
कोरोना महामारीका बेला खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुेपर्ने, सुरक्षित वातावरण लगायतका माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई समितिले यसअघि नै विज्ञप्ति बुझाएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण