आज थप ७२२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर जम्मा ७२२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको हो । यसैगरी यी मध्ये हालसम्म २ लाख ४५ हजार ७०९ जना निको भएका छन्।
उता आज देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ । हाल देशभर ७ हजार ७२९ जना सक्रिय संक्रमित रहेका छन्।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ