देशभर ३१६ सिकिस्त कोरोना संक्रमित, ४ हजार ८३७ जना होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा हाल ३१६ जना सिकिस्त कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २६५ जना संक्रमितको आईसीयूमा र ५१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको जनाएको छ । आइतबारसम्मको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।
यी मध्ये ४ हजार ८३७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हालसम्म २ लाख ५३ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ९६ प्रतिशत अर्थात २ लाख ४३ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन्।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ