काठमाडौं उपत्यकामा थप २३८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५८८ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्र २३८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १७९ जना, भक्तपुरका २६ जना र ललितपुरका ३३ जना रहेका छन्।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । हाल देशभर ८ हजार ३२० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ