थप ७१० जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८४०
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण देखिएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
यीमध्ये २ लाख ४२ हजार ५६७ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमित समेत गरी देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त