भारतमा कोरोना भाइरस विरुद्धको खोप जनवरी महिनादेखि लगाउने तयारी
हेल्थ टिभी अनलाइन : भारतले आउँदो जनवरी महिनादेखि नै कोभिड -१९ विरुद्धको खोप दिन सुरु गर्न सक्ने सङ्घीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले भनेका छन्,आउँदो केही हप्ताभित्रै देशको औषधि नियामक निकायले केही खोपहरूलाई आपत्कालीन प्रयोगका निम्ति अनुमति प्रदान गर्न सक्ने सम्भावना छ।
दुईवटा खोप निर्माता कम्पनीहरूले आफूहरूले तयार पारेका कोरोनाभाइरस विरुद्धको खोपको प्रयोगका लागि सरकार समक्ष अनुमतिका निम्ति आवेदन गरिसकेका छन्। अन्य छ प्रकारका खोपहरू चिकित्सा परीक्षणका विभिन्न चरणहरूमा छन्।
भारतमा खोप कार्यक्रमले अगस्ट महिनाको आरम्भसम्म झण्डै ३० करोड जनालाई खोप लगाइसक्ने उद्देश्य राखेको छ। बीबीसी





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण