आज ६५८८ परीक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण पुष्टि
थप ६ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५८८ परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ४० हजार ३६३ जना निको भइसकेका छन्। आज मात्रै देशभर ९४७ जना निको भएर घर फर्केका छन्। यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १७ सय ४९ पुगेको छ । हाल देशभर ९ हजार ५८० पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त