कोरोना महामारीकै बेला स्वास्थ्य सेवा विभागका तीन महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला सरकारले स्वास्थ्य सेवा विभाग अन्तर्गतका महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै तीन जना महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
यसरी जिम्मेवारी हेरफेर हुनेहरुमा परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिह टिंकरी, व्यवस्थापन महाशाखाका डा रमेश खरेल र उपचारात्मक महाशाखाका प्रमुख तारा पोखरेल रहेका छन्।टिंकरीलाई व्यवस्थापन महाशाखा, डा पोखरेललाई परिवार कल्याण र खरेललाई उपचारात्मक महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
यसैगरी आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारीमा रहेका चुडामणी भण्डारीलाई राष्ट्रिय तालिम केन्द्रमा पठाइएको छ भने तालिम केन्द्रका उपेन्द्र ढुंगानालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित