१४ वर्षमूनिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने छैन् : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा यतिबेला कोरोना खोपको निकै चर्चा भइरहेको छ । यही बेला नेपालमा पनि सरकारले आफना नागरिकका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै पहल शुरु गरेको जनाएको छ ।
यही क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा १४ वर्ष मूानिका बालबालिकाका लागि कोरोना खोप नबनेकाले उनीहरुलाई यो खोप नदिइने बताए । उनले भने, ‘नेपालमा कुल जनसंख्याको २८ प्रतिशत १४ वर्षमूनिका बालबालिका छन्। उनीहरुलाई भने कोरोना विरुद्धको खोप दिइने छैन्।’
अन्य ७२ प्रतिशत जनसंख्याका लागि भने खोपको पहल भइरहेको जनाए । उनका अनुसार कोभ्याक्स सुविधा अनुसार २० प्रतिशतलाई कोरोनाको खोप लगाइने छ भने अन्यलाई भने खोप विकासक्रममा रहेका गुणस्तरयुक्त खोपका लागि खोप सल्लाहकार र प्राविधिकहरुको सल्लाहमा खोप ल्याउने र सोही बमोजिम दिने पनि उनले जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित