२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ८९ पुगेको छ ।
उता आज देशभर जम्मा ८९९ जना नयाँ संक्रमित थपिएका छन्। आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युलर निकै न्यून शुन्य दशमलब ६७ प्रतिशत रहेको छ । उता कोरोना संक्रमण भएर निको हुने दर भने ९४ दशमलब ६ प्रतिशत रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित