घट्दै कोरोना संक्रमितको संख्या, आज देशभर ८९९ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर जम्मा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसो त पछिल्लो समय कोरोना परीक्षण पनि कम हुँदै आएको छ ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
कुल संक्रमितमध्ये हालसम्म २ लाख ३४ हजार २३१ जना निको भइसकेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै देशभर कोरोना भाइरसको संक्रमण भएर मृत्यु हुनेको संख्या १६ सय ८९ पुगेको छ ।
उता अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ६७३ मात्र रहेको छ । अहिले पनि कोरोनाको आशंकामा ५१९जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण