थप १०४४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या १२ हजार १४८
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म २ लाख ३२ हजार ८७२ जना निको भएर घर फर्किसकेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ७४ पुगेको छ । हाल देशभर १२ हजार १४८ सक्रिय कोरोना संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण