Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

यसरी मृत्यु हुनेहरुमा कास्की पोखरा महानगरपालिका १० का ८१ वर्षीय पुरुष, पोखरा १३ का ५१ वर्षीय पुरुष,पोखरा वडा नं ७ का ६५ वर्षीय पुरुष र तनहुँ शुक्लागण्डकी नगरपालिका ८ का ७४ वर्षीय पुरुष रहेका छन्।

निर्देशनालयका अनुसार आज १०३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार