Health TV Online
Health TV Online
Health TV Online

एन्टिजेन परीक्षण पनि पीसीआर जत्तिकै प्रभावकारी छ : स्वास्थ्य मन्त्रालय

एन्टिजेन परीक्षण पनि पीसीआर जत्तिकै प्रभावकारी छ : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पत्ता लगाउन गरिने एन्टिजेन परीक्षण पनि पीसीआर परीक्षण जत्तिकै प्रभावकारी भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको मिडिया व्रिफिङमा उक्त कुरा बताएका हुन्। उनले केही व्यक्तिहरुले एन्टिजेन परीक्षणबारे विभिन्न टिका टिप्पणी गरेको भन्दै यो परीक्षण पनि पीसीआर जत्तिकै भरपर्दो र प्रभावकारी भएको दावी गरेका हुन्।

डा गौतमले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका र लक्षण देखिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गरिने जनाए । उनले भने, ‘एन्टिजेन परीक्षणमा पोजेटिभ आए पनि कुनै लक्षण छैन भने पीसीआर गर्न पर्दैन्।’

उनले यसरी एन्टिजेनमा पोजेटिभ देखिएका व्यक्तिहरुमा पीसीआर पनि पोजेटिभ आएको र एन्टिजेन परीक्षणमा नेगेटिभ आएकामा पीसीआरमा पनि नेगेटिभ नै आएको जिकीर गरे ।

सरकारले काठमाडौकां केही स्थानहरुमा एन्टिजेन परीक्षण शुरु गरेको छ । तर  विज्ञहरुले भने एन्टिजेन परीक्षणलाई सरकारले पीसीआर परीक्षणको विकल्पको रुपमा लिएको भन्दै आलोचना गर्दै आएका छन्। एन्टिजेन परीक्षण गर्दा प्रयोगशाला सेटअप चाहिंदैन भने तुरुन्त परिणाम पत्ता लाग्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार