नेपालमा थप २३ जना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर शुन्य दशमलब ६७ प्रतिशत रहेको छ भने निको हुने दर ९४ दशमलब १ प्रतिशत रहेको छ । उता आज देशभर १३८२ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । कुल संक्रमित मध्ये २ लाख २९ हजार ५४ जना संक्रमित कोरोना जितेर निको भइसकेका छन्।
हाल देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन् । उता क्वारेन्टाइनमा कोरोनाको आशंकामा अहिले पनि ५२३ जना रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण