बर्दियाका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बर्दियाको स्वास्थ्य कार्यालयका अनुसार बर्दिया गुलरिया नगरपालिका वडा नं ७ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको हो ।
उनको आज शनिबार बिहान भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । मंसीर १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्यमा समस्या भएपछि मंसीर ११ गतेदेखि आइसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
उनको उपचारमा रेम्डिसिभिर र प्लाज्मा थेरापी समेत चलाइएको भए पनि सफल हुन नसकेको अस्पतालले जनाएको छ । योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण