Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : चितवनस्थित भरतपुर अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार चितवन जिल्ला कालिका -४ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार राती ११ :२० बजे मृत्यु भएको हो ।

उनी मंसीर १३ गते श्वासप्रश्वासमा समस्या, कडा खोकी र उच्च ज्वरो लिएर अस्पताल आएका थिए । अस्पताल आए लगत्तै आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । बुधबारदेखि उनको स्वास्थ्यमा थप जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा उनको हिजो राती  कोरोना भाइरसका कारण कडा निमोनिया भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालमा बिहिबारसम्मको तथ्यांक अनुसार हालसम्म १५ सय ५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार