नेपालमा १७ लाख ५४ हजार जनाको पीसीआर परीक्षण
सरकारीमा १२ लाख ७६ हजार ९६१ र नीजिमा ४ लाख ७७ हजार ६६९ परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म साढे १७ लाख भन्दा बढीको कोरोना आशंकामा पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर १७ लाख ५४ हजार ६३० जनाको पीसीआर परीक्षण गरिएको हो । साढे १७ लाख जनाको पीसीआर परीक्षण गर्दा देशभर २ लाख ३६ हजार २४६ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी यी मध्ये २ लाख १८ हजार १६१ जना संक्रमित निको समेत भइसकेका छन्।
उता कोरोना भाइरसको संक्रमणबाट हालसम्म १५ सय ३८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७७ वटा पीसीआर प्रयोगशाला रहेका छन् । यी मध्ये सरकारी ४४ वटा र नीजि ३३ वटा रहेको मन्त्रालयले जनाएको छ । यी प्रयोगशालाबाट दैनिक रुपमा लगभग १० हजार भन्दा बढी पीसीआर परीक्षण हुँदै आएको छ ।
हालसम्म सरकारी प्रयोगशालाबाट १२ लाख ७६ हजार ९६१ जनाको र नीजि प्रयोगशालाबाट ४ लाख ७७ हजार ६६९ जनाको पीसीआर परीक्षण भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण