थप ९ जना संक्रमितको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयका अनुसार आज मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमण भएकाहरुमध्ये मृत्युदर शुन्य दशमलब २ प्रतिशत रहेको छ । यसैगरी संक्रमितहरुको निको हुने दर ९२ प्रतिशत रहेको बताइएको छ ।
उता आज देशभर १४९० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ८ हजार ३ सय परीक्षण गर्दा १४९० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
हाल देशभर १६ हजार ५४७ रहेको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’