काठमाडौं उपत्यकामै छन् ८ हजार ७७१ जना सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका सक्रिय कोरोना संक्रिमत मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौ उपत्यकामा रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये आधा भन्दा बढी अर्थात ८ हजार ७७१ जना कोरोनाका संक्रमित काठमाडौ उपत्यकामा रहेका छन्।
पछिल्लो समय काठमाडौं उपत्यका कोरोना हटस्पट नै बनेको छ । प्रत्येक दिन पुष्टि हुने संक्रमितमध्ये आधा भन्दा बढी उपत्यकाकै हुने गरेको पाइएको छ । घनाबस्ती र सबै कल कारखाना, कार्यालय खुलेका कारण पनि कोरोना नियन्त्रणमा उपत्यकामा ठूलो चुनौती थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताउँछन्।
काठमाडौं जिल्लामा मात्रै हाल ६ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा ६०४ र ललितपुरमा १३ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्। उता मृत्यु पनि उपत्यकामा नै धेरै रहेको पाइएको छ । हालसम्म काठमाडौंका ३८६ जना, भकतपुरका ९३ जना र ललितपुरका ११४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण