Health TV Online
Health TV Online
Health TV Online

थप १३०४ जनामा कोरोना संक्रमण, २०७३ जना निको भए

२४ घण्टामा २१ जना संक्रमितको मृत्यु

थप १३०४ जनामा कोरोना संक्रमण, २०७३ जना निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । यी मध्ये २ लाख १६ हजार ५९४ जना संक्रमित निको भइसकेका छन्। आजै मात्र देशभर २०७३ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।

आजसम्म देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार