कोरोना महामारीका बेला काठमाडौंमा सभा-जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कोरोना महामारी बढिरहेकाले कुनै पनि सभा -जुलुस प्रदर्शन नगर्न आग्रह गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको अति जोखिममा काठमाडौं जिल्ला रहेकाले यहाँ भिडभाड सभा जुलुस नगर्न आग्रह गरेको हो ।
यसो गरेको पाइएमा संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । भिडभाड गर्दा यसबाट संक्रमण अझ बढी फैलिने र कोरोना नियन्त्रणमा बाधा पुग्ने भन्दै प्रशासनले यस्तो निर्देशन दिएको जनाएको छ ।
पछिल्लो समय विभिन्न राजनैतिक दलर समूहले अभियानका रुपमा सभा सम्मेलन गर्दै आएपछि जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’