३९६ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गरिंदै
सातै प्रदेशमा सरुवा रोग अस्पताल बन्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आज एकैसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ ।
आधारभूत स्वास्थ्य सेवामा सम्पूर्ण नागरिकको पहुँच पुर्याउने उद्देस्यले आज ३९६ स्थानीय तहमा १५ शैय्या सम्मका अस्पताल र सातै प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास हुँदैछ ।
अस्पताल शिलान्यास गर्ने क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल चितवनको भरतपुरमा प्रादेशिक सरुवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्न जान लागेको मन्त्रालयले जनाएको छ ।
सरकारको यस वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । त्यही अनुरुप यी अस्पतालहरु बन्ने क्रम शुरु भएको हो । यसका लागि बजेट समेत छुट्याइसकेको मन्त्रालयले जनाएको ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’