थप १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज देशभर थप १९ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । मन्त्तालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६२ प्रतिशत रहेको छ । उता आज देशभर १३८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
यी मध्ये २ लाख ११ हजार भन्दा बढी संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको र उनीहरु होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण