३५४ जना कोरोना संक्रमितको आईसीयूमा र ५४ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबारसम्म ३५४ जना सिकिस्त कोरोना संक्रमित आईसीयूमा र ५४ जना भेन्टिलेटरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५४ जना संक्रमित आईसीयूमा र ५४ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितमा श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन थेरापी र अन्य सपोर्ट गर्ने मेडिसिन दिनका लागि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा आईसीयूमा ४ जना र १ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी बाग्मती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आईसीयू र भेन्टिलेटरमा रहेको पाइन्छ ।
बाग्मतीमा हाल ११५ जना आईसीयूमा र २९ जना भेन्टिलेटरमा रहेका छन्। उता गण्डकी प्रदेशमा ११७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी ११ जना आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा संक्रमित छैनन्। उता सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने