Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय ३५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६२ प्रतिशत रहेको छ ।
यसैगरी आज देशभर १७०३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोेरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

उता संक्रमणमुक्त हुनेको संख्या नै २ लाख ९ हजार ४३५ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कुल कोरोना संक्रमितमध्ये ३४ प्रतिशत महिला र ६६ प्रतिशत पुरुष रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार