२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय ३५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६२ प्रतिशत रहेको छ ।
यसैगरी आज देशभर १७०३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोेरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
उता संक्रमणमुक्त हुनेको संख्या नै २ लाख ९ हजार ४३५ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कुल कोरोना संक्रमितमध्ये ३४ प्रतिशत महिला र ६६ प्रतिशत पुरुष रहेका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने