१६ हजार सक्रिय संक्रमितमध्ये ९ हजार भन्दा बढी काठमाडौं उपत्यकामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर रहेका सक्रिय संक्रमितको आधा भन्दा बढी सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये काठमाडौं उपत्यकामा मात्रै ९ हजार ७२७ जना संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी बिहिबारसम्म देशभर १४१२ जना कोरोना संक्रमितको मृत्यु भएकोमा ५२४ जना संक्रमित काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणको चपेटामा काठमाडौं उपत्यका बढी प्रभावित भएको पाइन्छ । प्रत्येक दिन देशभर थपिने कोरोना संक्रमितको आधा भन्दा बढी संक्रमित उपत्यकाकै हुने गरेका छन्।
मन्त्रालयका अनुसार देशभर २ लाख २७ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये २ लाख ९ हजार ४३५ जना निको भइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण