Health TV Online
Health TV Online
Health TV Online

देशभर थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

देशभर थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १६१४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । यी मध्ये २ लाख ९ हजार ४३५ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। उता आज मात्रै १४३७ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४सय १२ पुगेको छ । हाल देशभर १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार