नेपालमा संक्रमित थपिने क्रम घट्दो, मृत्यु हुनेको संख्या बढ्दो
२४ घण्टामा २८ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ भने संक्रमित थपिने क्रम भने घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै देशभर २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो एकैदिन मृत्यु भएको उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ८९ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घटिरहेको पाइन्छ । आज देशभर ९ हजार २१० जनाको पीसीआर परीक्षण हुँदा १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता ३ हजार १४० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।
हाल देशभर १६ हजार ६३९ जना सक्रिय संक्रमित रहेका छन्। कोरोनाको आशंकामा ६६९ जना क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण