भारतमा कोरोना : ९२ लाख भन्दा बढी संक्रमित, १ लाख ३४ हजारको मृत्यु
१३ करोड ३६ लाख मानिसको पीसीआर परीक्षण
हेल्थ टिभी अनलाइन : भारतमा हालसम्म ९२ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार बुधबार बिहानसम्म भारतमा ९२ लाख २२ हजार २१६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यसैगरी भारतमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ३४ हजार ७४३ जनाको मृत्यु भएको जनाइएको छ । उता पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४४ हजार ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८१ जनाको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
भारतमा दैनिक १० लाख भन्दा बढीको पीसीआर परीक्षण हुँदै आएको छ । यसैगरी गत नोभेम्बर ८ देखि यता त्यहाँ दैनिक ५० हजार भन्दा कम संक्रमित फेला पर्दै आएका छन्। भारतमा हालसम्म १३ करोड ३६ लाख मानिसक पीसीआर परीक्षण गरिएको छ ।
उता हालसम्म सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म १ करोड २९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ लाख ६५ हजार ८९१ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
विश्वमा अमेरिकापछि बढी संक्रमित भारतमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण