नेपालमा कोरोना संक्रमितहरुको निको हुने दर ९१ प्रतिशत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९१ प्रतिशत रहेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमका अनुसार नेपालमा संक्रमितहरुको निको हुने दर ९१ प्रतिशत रहेको जनाएका हुन्। उनले भने, ‘नेपालमा मृत्यु दर अत्यन्त कम र निको हुने दर उच्च रहनु खुशीको कुरा हो ।’
मंगलबारसम्म निकालिएको तथ्यांक अनुसार संक्रमितमध्ये ९१ प्रतिशत निको भएका छन्। हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । यी मध्ये २ लाख ४ हजार ८५८ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। यसैगरी हाल देशभर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् भने १३६१ जना संक्रमितको मृत्यु भइसकेको छ ।
वर्ल्डोमिटरका अनुसार विश्वमा कोरोना संक्रमितहरुको निको हुने दर ९७ प्रतिशत रहेको छ भने मृत्युदर ३ प्रतिशत रहेको छ ।
हालसम्म देशभर १६ लाख ८१ हजार २९९ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितमध्ये ३४ प्रतिशत महिला र ६६ प्रतिशत पुरुष रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण