Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकीमा आज थप ९१ जनामा कोरोना संक्रमण

गण्डकीमा आज थप ९१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ पोखरा : गण्डकी प्रदेशमा आज थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ६ जिल्ला गरी ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार २८१ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

यसरी संक्रमित हुनेहरुमा कास्कीका ५५ जना, गोरखाका १७ जना,तनहुँका ११ जना,स्याङ्जाका २ जना, लमजुङका १ जना र नवलपरासी पूर्वका ५ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार