गण्डकीमा आज थप ९१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ पोखरा : गण्डकी प्रदेशमा आज थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ६ जिल्ला गरी ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार २८१ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमित हुनेहरुमा कास्कीका ५५ जना, गोरखाका १७ जना,तनहुँका ११ जना,स्याङ्जाका २ जना, लमजुङका १ जना र नवलपरासी पूर्वका ५ जना रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण