नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो, १३३७ जनाले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण भएर निको हुनेको संख्या २ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । ती मध्ये २ लाख २ हजार ६७ जना संक्रमितले कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९० दशमलब ९ प्रतिशत रहेको जनाइएको छ । जबकी मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट १३ सय ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उता अहिले पनि देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित