नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो, १३३७ जनाले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण भएर निको हुनेको संख्या २ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । ती मध्ये २ लाख २ हजार ६७ जना संक्रमितले कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९० दशमलब ९ प्रतिशत रहेको जनाइएको छ । जबकी मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट १३ सय ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उता अहिले पनि देशभर १८ हजार ८८४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै